काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुर्नकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र २८ गते आइतबारसम्म आवेदन दिन आग्रह गरेको हो ।