काठमाडौं - गृह मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकासहित अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सबै सवारी पास रद्ध गरेको छ ।

काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु भने रद्द नगरिएको जनाएको छ ।

जोर विजोर प्रणाली अन्तर्गत आज जोर नम्बर भएका सवारी साधन चलाउन पाइनेछ । ट्राफिक मशाहाखाले जोर विजोर प्रणालीको पूर्ण पालना गराउन चेकिङमा कडाई गरेको छ ।