काठमाडौं - कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्न तथा योजना बनाउन नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।

प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस सांसदहरू गगन थापा, राजन केसी, भीमसेनदास प्रधानलगायत बालुवाटार पुगेका थिए।

सरकारलाई कोरोना भाइरसको परिक्षण बढाउनुका साथै क्वारेन्टाइनको स्तर वृद्धि गर्न गम्भिर ध्यानाकर्षण गराइएको सहभागि एक नेताले बताए ।