काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले मुलुकमा बढ्दो मनसुनजन्य विपद् व्यवस्थापन, जनसरोकारका समस्या र सरकारको कूटनीतिक कमजोरीका विषयमा प्रश्न उठाएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता पुनले सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नुको साटो राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप लगाए।
‘विपद्मा परेकाहरूको उद्धारका लागि तयारी अवस्थामा राखिएका हेलिकप्टर र सेनाको स्काई ट्रक सामान्य रुघाखोकी लागेका मन्त्रीलाई काठमाडौं ल्याउन प्रयोग गरिनु गैरजिम्मेवारपूर्ण कार्य हो,’ पुनले भने, ‘राज्यले एकातिर विपदको सामना गरिरहेको छ भने अर्कोतिर मन्त्रीहरूको सुखसुविधाका लागि साधनस्रोतको दुरुपयोग भइरहेको छ।’

.gif)


