काठमाडौं, एजेन्सी - भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि मृत्युदर पनि ह्वात्तै बढेको छ ।

कोरोना संक्रमणका कारण एकै परिवारका पाँच जना सदस्यको समेत मृत्यु भएको छ ।

उत्तर प्रदेशको गोडामा एकै परिवारको पाँच जनाको मृत्यु भएको हो । एकै परिवारका पिता माता, हजुरआमा लगायत अन्य सदस्यको कोरोनाबाट मृत्यु भएको हो ।

उक्त गाउँका मानिसहरु भने कोरोनाका कारण मृत्यु भएको भन्नेबारे मान्न भने तयार नरहेको आजतक मिडियामा उल्लेख छ  ।