एसईई परीक्षा बन्द गरे हुन्छः डा. भट्टराई
काठमाडौं - पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता समेत रहेका पूर्वप्रधानमन्त्रीले एसईई परीक्षा लिन आवश्यकता नै नभएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता डा भट्टराईले तत्काल उनीहरुको परीक्षा लिन संभव पनि नभएको र लिन आवश्यक समेत नभएको उनले बताएका हुन्।
'यसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो। १२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन। विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ,' उनले भने।
सरकारले बाध्यतावस विदेशमा श्रम गर्न पुगेकालाई अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भनेकोमा पनि उनले आक्रोश व्यक्त गरेका थिए। 'नागरिकलाई देश फर्कन नदिएर अनागरिक बनाइएको छ। यो संविधानको व्यवस्था विपरीत हो,' उनले भने। 'श्रम गर्न गएका नागरिकको अवस्था चिन्ताजनक छ। विदेशका विभिन्न स्थानबाट नेपाली नागरिकलाई फर्कन भनेको छ। तर हाम्रो सरकार जिम्मेवार छैन,' उनले भने, 'सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। नेपालीले कहाँ जाने भनेर भनिरहेका छन्। तर सरकारलाई कुनै चासो छैन।'
उनको कोरोनाको परीक्षणको दायर विस्तार गर्न समेत माग गरे। 'परीक्षणको संख्या नगण्य छ। कतिपय देशमा प्रतिदश लाख ५० हजारसम्म परीक्षण भएको छ। नेपालमा प्रति दश लाख ५ सय जनाको मात्र परीक्षण भएको छ। यो एकदमै कम हो,' उनले भने, 'सरकार ढुक्क भएर बस्न मिल्दैन। यतिबेला आरोप प्रत्यारोप गर्नु शोभनीय हुँदैन। मंसिर अन्तिमदेखि विश्वमा महामारी फैलाउन थालेको कोरोना नियन्त्रणमा सरकार कति गैरजिम्मेवार रहेछ भन्ने देखाएको छ।'
'सरकारले बाध्यतावस विदेशमा श्रम गर्न पुगेकालाई अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भनेको छ। नागरिकलाई अनागरिक बनाइएको छ। यो संविधानको व्यवस्था विपरीत हो।'कोरोना महामारीको प्रकोपबाट ज्यान गुमाएका २ लाख ७० हजार मानिस र ८० भन्दा बढी नेपालीप्रति उनले श्रद्धाञ्जली दिएका थिए। उनले स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सञ्चारकर्मी प्रति सम्मान व्यक्त गर्दछु। लकडाउन पालना गर्ने जनताप्रति सम्मान प्रदान गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस