काठमाडौं - नेकपाका अध्यक्ष पुष्कमल दाहालले मिचिएको भुमि विवादलाई लिएर भारतसंग दुश्मनी नचाहेको बताएका छन् । 

उनले समस्या समाधान गर्न जिम्मेवार ढंगले कुटनीतिक प्रयास गर्नेमा आफूहरु रहेको बताए ।  शनिबार संसदमा बोल्दै उनले भारतले लिपुलेकको बाटो बनाएर उद्घाटन गरेपछि नेपाल पनि अघि बढ्न बाध्य भएको उनको ठहर छ । 

उनले अर्कै ढंगबाट समस्याको समाधान चाहेका बेला भारतले बाटो बनाएर नेपाललाई पनि अघि बढ्न सहयोग गरेकोमा उनले भारतीय पक्षलाई धन्यवाद दिए । 

उनले ऐतिहासिक दस्तावेदजका आधारमा समस्या समाधान गरेर असल मित्रका रुपमा अघि बढ्ने वातावरण बन्ने आशा राखेको बताए ।   उनले छिमेकीहरुसंग सुमधुर सम्बन्ध विकास गर्न चाहेको पनि बताए ।