बढ्यो पेट्रोलियम पदार्थको मूल्य
खबर एक्सप्रेस
२०७७-०३-१६ ०९:०४ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा मंगलवार मध्यरातदेखि लागू हुने गरी वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रू.५ र डिजेल तथा मटितेलमा प्रतिलिटर रू.२ का दरले वृद्धि गरिएको छ ।
ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन । काठमाडौंमा अव पेट्रोलको मूल्य प्रतिलिटर रू.१०१ र डिजेल प्रतिलिटर रू.८७ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस