काठमाडौं - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको पिसिआर परीक्षणमा मन्त्री रायमाझीसहित उनको परिवारका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।

लक्षण सहितको कोरोना संक्रमण देखिएपछि मन्त्री रायमाझीलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ ।