काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।

हिजो स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिनुपर्ने माग गरेपछि छलफल गर्न आफूनिकट मन्त्री र सदस्यलाई बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।

आजको स्थायी समिति बैठकमा के कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न निकटकालाई बोलाइएको बताइएको छ । अहिले मन्त्री र स्थायी सदस्यहरुबीच छलफल चलिरहेको छ ।

हिजोपनि स्थायी समिति बैठक अगाडि ओलीले राष्ट्रपति विद्या भण्डारीसँग छलफल गरेका थिए ।