बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०६-१४ ११:५५ मा प्रकाशित
Total Shares: 283
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भैरहको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस