कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना देखिएपछि बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित गरिएको हो ।
वैशाख १३ गते बस्ने भनिएको बैठक पीसीआर परीक्षणका कारण स्थगित भएको थियो । त्यसपछि एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा केही नेताहरुकाे कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
आजको बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूचि थियाे । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस