यो कुनै मध्यावधी चुनाव हैन, संविधान खारेज गर्ने प्रपंच हो : बाबुराम भट्टराई
काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन र मध्यावधी चुनाव घोषणा लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच रहेको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत भट्टराईले भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षड्यन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू हुनु राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कुकर्म रहेको बताएका छन् । यस्तै, उनले यसको प्रतिवादमा उत्रिन आह्वानसमेत गरेका छन् ।
'भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस५बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं!' उनले भनेका छन् ।
फेसबुक पेज Like गर्नुहोस