काठमाडौं, पोखरा - गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने भएको छ । 

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव उपरको छलफल सकिएपछि आजै मतदान गर्ने गरी मतदानमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची छ । छलफल सुरु भैसकेको छ । 

कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीविरुद्ध यही वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए । 

प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन कदमलाई साथ दिएको भन्दै जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा छन् । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । जसमा एमालेको २८ जना सांसद छन् । एमालेभित्र पनि ओली र माधव नेपाल पक्षबीच विवाद जारी छ । कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।