प्रधानमन्त्रीबाट बाहिरिएपछि आनन्द भयो : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधामन्त्रीबाट बाहिरिएपछि आफूले आनन्द महशुस गरेको बताएको छन् ।
भक्तपुरको बालकोटस्थित निवासमा पुगेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर टोलीलाई अध्यक्ष ओलीले आफूलाई रिल्याक्स भएको बताएका हुन् । ‘उहाँले प्रधानमन्त्रीबाट बाहिरिएपछि ठिकै भयो, आनन्द भयो, रेष्ट अनि रिल्याक्स पनि भयो भन्नु भयो’ ओलीलाई उदृत गर्दै भेटपछि बाहिरिएका जसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।
त्यस्तै, भेटमा एमाले र जसपाबीचको सहकार्य जारी रहने विषयमा पनि छलफल भएको बताइएको छ । अध्यक्ष ओलीसँग जसपा नेताहरुले आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल गरेका छन् । सर्वोच्च अदालतले ओलीलाई पदमुक्त गर्दै परमादेश जारेर अनुसार नयाँ सरकार गठन भएपछि जसपासँग आज पहिलो पटक छलफल भएको हो ।
शनिबार बिहान अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा ओली निवास बालकोट पुगेका थिए ।
फेसबुक पेज Like गर्नुहोस