काठमाडौं - पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले देश चौतर्फी संकटमा फस्दै गएको बताएका छन् । कोरोना महामारीको समयमा अर्थतन्त्र थलिदैँ गएको उनको भनाई छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुटको जालोमा फसेको भट्टराईले बताए ।

मंगलबार बिहान ट्विटरमा भट्टराईले लेखेका छन्, 'देश चौतर्फी संकटमा फस्दैछ। कोरोना चर्किदैछ! अर्थतन्त्र थला पर्दैछ! विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताँती बढ्दैछ। स्कूल कलेज लथालिंग छन्। एमसीसीको टुंगो छैन। नागरिकता बल्झिदैछ। सत्ताधारी दल गुटको जालोमा फसेको छ! प्रम उखान-टुक्का र छेडखानीमा ब्यस्त छन्! संकटको निकास खोजौं !' सबै संकटलाई पार गर्न निकास खोज्न उनले आह्वान गरेका छन् ।