मिनिट्रक र स्कुटर ठोक्किँदा बझाङका दुई युवाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०२-१६ १२:१८ मा प्रकाशित
Total Shares: 300
काठमाडौं - काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार राति गोगंबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
उक्त दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको महाशाखाले जनाएको छ।
घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो। मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
फेसबुक पेज Like गर्नुहोस