काठमाडौं - जनता समाज पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै सकारको आलोचना गरेका छन् ।

उनले आज (आइतबार) ५ बुँदे अपिल सार्वजनिक गर्दै नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रूपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिनु अत्यन्त निन्दनीय र घृणित भएको बताएका छन् ।

डा. भट्टराईले भनेका छन्, ‘यसको भित्री अभिष्ट भनेको नजिकका दलाल पुँजीपतिहरूलाई नै संस्थान पोस्नु रहेको छ, क्रोनी क्यापिटालिज्मको योभन्दा नग्नरूप अरू के हुन सक्छ ?’

यस्तो छ उनले सरकारको चर्को आलोचना गर्दै सार्वजनिक गरेको अपिल