१३ र १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई पक्राउ
काठमाडौं - पाल्पा र धनुषामा दुई बालिकालाई जबरजस्ति करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पाल्पाको माथागढी गाउँपालिकाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँपालिकाको वडा नं ४ मलेबास बस्ने १९ वर्षीय विराज ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको हो ।
विराजले ती बालिकालाई गत भदौ ९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, धनुषामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लक्ष्मीनियाँ गाउँपालिका-६ बगेवा बस्ने २० वर्षीय रबिन कुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।
दासले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस