टर्कीमा शक्तिशाली भूकम्पको धक्का, १४ को मृत्यु
खबर एक्सप्रेस
२०७६-१०-११ ११:०० मा प्रकाशित
Total Shares: 333
काठमाडौं - टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् ।
टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा सयौं मानिस सडकमा आएका छन् । भूकम्पको धक्का छिमेकी सिरिया, लेबलान र इरानमा पनि महसुस गरिएको थियो ।
स्थानीय समयअनुसार शुक्रबार स्थानीय समयअनुसार ८ः८८ मा भूकम्प गएको थियो । टर्कीको विपद् तथा आपतकालिन व्यवस्थापन प्राधिकरणका अनुसार ६० पराकम्पहरु मापन गरिएका छन् । उद्दारमा ४०० उद्दार टोली खटाइएका छन् । टर्कीको पश्चिम सहर जमितमा सन् १९९९ गएको भूकम्पमा १७ हजार मानिसको मृत्यु भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस