काठमाडौं - नासाको पर्सिभिअरन्स यान मङ्गल ग्रहमा अवतरण गरेर जीवाशंका खोजीको साथसाथै त्यहाँको भूबनोट र मौसमको अध्ययन थालेको उक्त ग्रहको १०० दिन पुगेको छ।

फेब्रुअरी १८ को दिन अवतरण गरेको यानले मङ्गल ग्रहमा रोमाञ्चक तस्बिरहरू खिचेको छ । पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ।

पर्सिभिअरन्स यान सञ्चालनका निम्ति मङ्गल ग्रहको एक वर्ष, अर्थात्‌ पृथ्वीको गणनामा लगभग दुई वर्ष जतिलाई पुग्ने प्रारम्भिक चरणको रकम उपलब्ध रहेको छ।

बीबीसीबाट