काठमाडौं - नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएमा छन्। 

माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य भएका खड्का नेकपाको एकता भंग भएलगत्तै एमालेमा प्रवेश गरेपछि माओवादीले शुक्रबार संसद सचिवालयमा कारबाहीको पत्र पठाएको थियो ।

बुधबार राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले विज्ञप्ति जारी गरी सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको जानकारी दिएका हुन् ।