काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ केजी चरेससहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्।

बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरोले  पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। उनीहरुलाई अहिले हिरासतमा लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

केहि दिन अगाडी मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षा जाँचपास भएर साउन २६ मा काठमाडौंबाट लागूऔषध गाँजा हङकङ पुगेको घटना बाहिरिएको थियो ।