साग : कुन देशले कति पदक जिते ?
काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुद -साग-मा भारत पदक तालिकाको शिर्षस्थानमा रहेको छ । पहिलो स्थानमा रहेको स्थानमा रहेको भारतले हालसम्म कुल २२२ वटा पदक जित्न सफल भएको छ। भारतले ११४ स्वर्ण, ७१ रजत र ३७ कास्य पदक जितेको छ ।
नेपालले ४५ स्वर्ण पदक जितेको छ । त्यस्तै ३६ वटा रजत र ६८ वटा कास्य पदक जित्न सफल भएको छ । नेपालले हालसम्म कुल १४९ वटा पदक जित्न सफल भएको छ ।
श्रीलंकाले हालसम्म १७१ वटा पदक जित्न सफल भएको छ । उसले ३१ वटा स्वर्णपदक, ५७ वटा रजत र ८३ वटा कास्यपदक जित्न सफल भएको छ ।
पाकिस्तानले हालसम्म कुल १०५ वटा पदक जित्न सफल भएको छ । उसले २८ वटा स्वर्ण, ३४ रजत र ४३ कास्य पदक जितेको छ ।बंगलादेशले ८ वटा स्वर्ण र २८ वटा रजत र ६६ वटा कास्य गरेर हालसम्म कुल १०२ वटा पदक जित्न सफल भएको छ ।
त्यस्तै माल्दिभ्सले हालसम्म १ वटा स्वर्ण, २ वटा कास्यक पदक जित्न सफल भएको छ ।त्यस्तै भुटानले हालसम्म ९ वटा कास्यपदक जितेको छ ।
फेसबुक पेज Like गर्नुहोस