काठमाडौं - कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य विवरण प्रकाशीत गरेको छ ।

विवरणअनुसार आज प्याजको मूल्यमा केही मात्रामा गिरावट आएको छ । यसअघि प्रकाशीत विवरणमा सुकेको प्याज ९भारतीय०को मूल्य प्रतिकेजी १०८ रुपैयाँ रहेकोमा आज प्रतिकेजी ९८ रुपैयाँमा कारोबार भइरहेको छ । आज भारतीय प्याजको मूल्यमा ९ दशमलव २६ प्रतिशतले गिरावट आएको हो ।

त्यस्तै सुकेको प्याज (चाइनिज) पनि आज ८ दशमलव २४ प्रतिशतले घटेर प्रतिकेजी ८५ रुपैयाँबाट ७८ रुपैयाँ कायम भएको छ।