काठमाडौं - सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाका लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै बिहीवार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् ।

नेवारी समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भन्दै बिदा माग भएबमोजिम सरकारले बिदा दिने निर्णय गरेको हो । बिदा माग गर्दै नेवार समुदायको प्रतिनिधिमण्डलले कात्तिक ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।

पञ्चाङ्ग निर्णायक समितिले भने तिहारका लागि कात्तिक १०, ११ र १२ गते बिदा दिन सरकारलाई सुझाव दिएको थियो ।