काठमाडौं ,एजेन्सी - ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

गत २४ घण्टामा  कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुने  संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ । 

 यस प्रकोप शुरु भएयता ब्राजिलमा १ करोड ४६ लाख व्यक्ति कोरोना मुक्त भएका छन् ।