काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पक्षमा बोल्ने मात्रै पार्टीको नेता–कार्यकर्ता भएको बताएका छन् । 

बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको विपक्षमा बोल्ने र काम गर्ने पार्टीको नेता नभएको बताए । 

‘सप्रिएर आउन पाइन्छ । अदालतको फैसला हुँदासम्म हस्ताक्षर रहिरहे ती एमाले नेता होइनन् ।’ ओलीले भने,‘जेठ २ मा फर्किएपछि बैठकमा आउनु पर्दैन ?’ फैसला आउँदा कित्ता छुट्टिसक्ने उनले बताए ।

शुक्रबार मात्र अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिएका थिए । तर नेपाल पक्षले हस्ताक्षर फिर्ता लिन मानेको छैन ।