एजेन्सी - गाजामा इजरायली बमबारीबाट हालसम्म ८ हजार बालबालिका र ६ हजार २ सय महिलासहित २० हजार प्यालेस्टिनी मारिएका छन् ।

दर्जनौं इजरायली बन्धकहरूलाई हमासले बन्धक बनाए पनि इजरायलले अन्धाधुन्ध बमबारी गरिरहेको छ। उत्तरी गाजाबाट सुरु भएको हवाई आक्रमण दक्षिणी गाजासम्म पुगेको छ । यसबीचमा जमिन आक्रमण पनि बढेको छ । जताततै विनाश र चिच्याहट छ।

युद्धविरामलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा महत्वपूर्ण मतदान हुने थियो तर अमेरिकाको बारम्बार भिटोका कारण त्यसलाई स्थगित गर्नुपरेको थियो ।

हालसम्म युद्धविरामबारेको बैठक र मतदान तीन पटक स्थगित भइसकेको छ । अमेरिकाले इजरायललाई लगातार हतियार आपूर्ति गरिरहेको छ ।

हमासको अक्टोबर ७ मा भएको आक्रमणमा मारिएका १२०० व्यक्तिमध्ये केही अमेरिकी नागरिक पनि थिए। बन्धकहरुको रिहाईका लागि इजरायल र हमासबीच सात दिने युद्धविराम पनि भएको थियो तर डिसेम्बर १ मा समाप्त भएपछि इजरायलबाट बमबारी बढेको छ । इजरायली सेनाले यसअघि गाजाको उत्तरी क्षेत्रमा मात्रै ट्याङ्कसहित घुसपैठ गरेको थियो तर अहिले दक्षिणतर्फ पनि अघि बढिरहेको छ । बम विष्फोटको बीचमा अमेरिकाले लगातार हताहत कम गर्न अपील गरिरहेको छ तर इजरायली सेनामा यसको कुनै प्रभाव छैन।