सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्न कोइरालाको आग्रह
काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र महासङ्घबीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी सरकारसंग आग्रह गरेका छन् ।
शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका हुन् ।
कोइरालाले आईतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासङ्घबीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’
यता शिक्षक महासंघले भने शिक्षकहरूको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा समेत गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस