काठमाडौं - सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठकलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।
पछिल्ला बैठकमा सांसदहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभामुखले सभालाई मर्यादित बनाउन केन्द्रित हुने निर्देशन दिए।
हरेक दिनको सबै सदस्यहरूको पहलबाटै प्रतिनिधि सभा नियमावली २०८० लागू गरेको बताउँदै उनले ेसभालाई मर्यादित र उत्कृष्ट बनाउने सबैको कर्तव्य र दायित्व भएको बताए।
उनले भने–‘यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। म सबै माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम २० र नियम २१, त्यसमा पनि नियम २० को खण्ड ‘ट’ प्रति यहाँहरूको ध्यानाकर्षण गराउँदछु।’

.gif)


