काठमाडौं -  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण जितेको छ ।

मंगलबार बिहान लगनखेलस्थित आर्मी कभर्ड हलमा भएको उसुको थाउलोमा पुरुषतर्फ विजय सिंजालीले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन् भने महिलातर्फ सुस्मिता तामाङले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पार्दै स्वर्ण जिते हात पारेकी हुन् ।