काठमाडौं - आज (सोमबार) शेयर बजारका प्राय सबै सूचकहरू बढेका छन् । बजार पनि दोहोरो अंकले बढेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी एउटा उपसमूहको शेयर घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक २२ दशमलव ३१ अंकले बढेर एक हजार ४८४ दशमलव ९९ मा पुगेको छ । नेप्से १ दशमलव ५३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ०५ अंकले बढेर २९८ दशमलव ३५ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १ सय २५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।