सांसदहरुको थ्रोट स्वाब संकलन हुँदै
खबर एक्सप्रेस
२०७७-०१-२५ ०२:०३ मा प्रकाशित
Total Shares: 480
काठमाडौं - संघीय संसदका सांसदहरुको कोरोना परिक्षणको लागि थ्रोट स्वाब संकलनको काम सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि थ्रोट स्वाब संकलन सुरु भएको हो ।
कोरोना भाइरसको महामारीसँगै बजेट अधिवेशन संचालन गर्नुपर्ने भएकोले अधिवेशनअघि सांसदहरुको कोरोना परिक्षण हुन लागेको हो ।
उनीहरु सबैको पीसीआर विधिबाट कोरोनाको परीक्षण हुने बताइएको छ । अहिले सांसदहरु स्वाब संकलनका लागि बानेश्वर पुग्ने क्रम जारी रहेको छ ।
बजेट अधिवेशनको लागि संसद भवनमा सामाजिक दूरी कायम हुनेगरी बैठक बस्ने व्यवस्था मिलाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस