नेपालमै उत्पादित रेम्डिसिभिरलाई बिक्रीको अनुमति
खबर एक्सप्रेस
२०७८-०३-१४ ०५:१० मा प्रकाशित
Total Shares: 221
काठमाडौं - नेशनल हेल्थ केयरले नेपालमा नै रेम्डिसिभिर औषधिको उत्पादन तथा बिक्रीका लागि अनुमति पाएको छ । गत वैशाख ३१ गते औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति पाएको कम्पनीले आइतबारदेखि बजारमा बिक्रीको अनुमति पनि पाएको हो । वीरगञ्जमा कारखाना रहेको नेशनल हेल्थ केयरले रेम्डिसिभिर औषधिको उत्पादन सुरु गरिसकेको छ ।
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने भनिएको रेम्डिसिभिर औषधिको खुद्रा मूल्य कम्पनीले प्रतिभाइल ३ हजार ५ सय रुपैयाँ तोकेको छ। यसअघि भारत तथा बंगलादेशबाट आयात गरिएको रेम्डिसिभिर नेपालमा उत्पादन भएसँगै आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। नेशनल हेल्थ केयरद्धारा उत्पादित रेम्डिसिभिरको नाम ‘रेमसिभिर’ रहेको छ।
फेसबुक पेज Like गर्नुहोस