उच्च ज्वरो आएकी युवतीको भरतपुर अस्पतालमा मृत्यु
खबर एक्सप्रेस
२०७६-१२-२१ १२:०२ मा प्रकाशित
Total Shares: 342
भरतपुर - चितवनको भरतपुर अस्पतालमा उपचाररत ज्वरोकी बिरामीको मृत्यु भएको छ ।
सिन्धुली हरिहरपुर गाउँपालिका–२ की २६ वर्षीया उषाकुमारी राईको उपचारका क्रममा शुक्रबार ज्यान गएको हो । उनलाई हेटौंडा अस्पतालले बिहीबार भरतपुर रेफर गरेको मृतकका आफन्तले बताएका छन् ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले राति १ बजे उनलाई अस्पताल ल्याइएकामा आइसीयूमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको जानकारी दिए ।
डा. तिवारीका अनुसार मृतक राईको नमुना परीक्षण गरी राष्ट्रिय प्रयोगशालामा पठाउने तयारी भएको छ ।
फेसबुक पेज Like गर्नुहोस