नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईको नाम सिफारिस
खबर एक्सप्रेस
२०७६-०७-०८ ११:०० मा प्रकाशित
Total Shares: 274
पोखरा - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की(२ को उपनिर्वाचनका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
कास्की नेकपाको शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले भट्टराईको नाम सिफारिस गर्ने सहमति गरेको हो । क्षेत्र नं २ को उपनिर्वाचनको उम्मेदवारका लागि उनको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको नेकपा कास्कीले जनाएको छ ।
भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी समेत हुन् ।
फेसबुक पेज Like गर्नुहोस