काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित शिर्ष नेताको छलफल सकिएको छ ।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई जोडेर दिएको अभिव्यक्ति र पार्टीभित्र चर्किरहेको विवादलाई समाधानतिर लैजान राष्ट्रपतिसँग छलफल गर्न प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल बिहान ११ बजे शीतलनिवास पुगेका थिए ।

बैठक झण्डै एक घण्टा बसेर सकिएको एक नेताले बताए । यसपछि प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा छलफल गर्दैछन् ।