काठमाडौं - सर्वदलीय बैठक आज बस्दैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार विहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न बैठक आह्वान गरिएको स्रोतले बताएको छ ।

बैठकमा मुलुकमा पछिल्लो समय बढ्दो कोरोना भाइरसको महामारीको जोखिम र रोकथामबारे छलफल पनि हुनेछ

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन वार्तासमेत गरेका थिए ।