काठमाडौं - आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर सूचिकृत भएको छ ।

कम्पनीको २ करोड १० लाख कित्ता साधारण शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०७ रूपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रूपैयाँ ७७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।