समृद्धि फाइनान्सका शेयरधनीलाई हकप्रदसम्बन्धी सूचना
काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्ना आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयर सम्बन्धी सूचना प्रकाशन गरेको छ ।
कम्पनीले संस्थाका आधारभूत शेयरधनीहरुलाई सूचना प्रकाशित भएको ७ दिन भित्र आफुले लिनुपर्ने हकप्रद शेयर बराबरको रकम फाइनान्सको खाता नम्बर ९१६०५०१४५ मा जम्मा गर्न आग्रह गरेको हो । उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनार्थका लागि भदौ १२ गते, शुक्रबार बुक क्लोज गरेको थियो । त्यसैले, भदौ ११ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । फाइनान्सले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरको ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २३ गते सेबोनमा निवेदन दिएकोमा बोर्डबाट भदौ २ गते अनुमति पाइसकेको छ ।
कम्पनीले जारी गरेको सूचना:-
फेसबुक पेज Like गर्नुहोस