देउवा सरकारका ४ मन्त्रीले पनि लिए शपथ
खबर एक्सप्रेस
२०७८-०३-२९ ०९:२२ मा प्रकाशित
Total Shares: 429
काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै ४ मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार मन्त्रिपरिषद् गठन गर्दै कांग्रेसबाट बालकृष्ण खाँणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री र माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकरलाई अर्थ र पम्फा भुसाललाई ऊर्जामन्त्रीको जिम्मेवारी दिएका हुन् ।
नवनियुक्त चारैजना मन्त्रीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी छन् ।
समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।
फेसबुक पेज Like गर्नुहोस