काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाको सत्तारुढ जनता विभुक्ति पेरामुना (जेभीपी)का महासचिव तिल्भिन शिल्भासँग भेटवार्ता गरेका छन्।
श्रीलंका भ्रमणमा रहेका प्रचण्डले शनिबार कोलम्बोस्थित जेभीपीको केन्द्रीय कार्यालयमा पुगेर शिल्भासँग द्विपक्षीय भेट गरेका हुन्।
भेटमा नेपाल–श्रीलंका सम्बन्ध, दुई दलबीचको सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको भ्रमण दलका सदस्य तथा नेकपा नेता माधव पन्तले जानकारी दिए।
यसका साथै श्रीलंकाको कम्युनिस्ट आन्दोलन, एसियाली समाजवादी दलबीचको एकता र सहकार्य तथा साझा राजनीतिक एजेन्डाका विषयमा पनि छलफल भएको उनले बताए।
भेटवार्तामा दुवै दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। त्यसअघि महासचिव शिल्भाले प्रचण्डलाई पार्टी कार्यालयमा स्वागत गरेका थिए।
एसियाली संवादमा सहभागि हुन् तीनदिने भ्रमणका लागि प्रचण्ड बुधवार आफ्नो टोलिसहित श्रीलंका प्रस्थान गरेका थिए ।

.gif)


