काठमाडौँ – मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल केहीबेरमा क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा सुरु हुनेछ।
यस खेलमा नेपालसामु समूह विजेता बन्ने मौका छ। जारी प्रतियोगितामा तीन खेल खेलिसकेको नेपाल अपराजित छ। नेपाल ताजा स्थितिमा ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो। नेपाल आजको खेलमा पनि सहज जित दर्ता गर्ने योजनामा छ।उता हङकङले भने तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको छ।
हालसम्म एकदिवसीय क्रिकेटमा हङकङविरुद्ध नेपालको भेट चारपटक मात्र भएको छ। जसमा नेपालले एक र हङकङले दुई खेल जितेको विगत छ। यी दुई टोलीबीचको एउटा खेल भने वर्षाका कारण रद्द भएको छ।
नेपाल र हङकङले पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय क्रिकेट खेलेका थिए। उक्त खेलमा नेपालले हङकङलाई ५ विकेटले हराएको थियो। नेपाली टोली आज आठ वर्षअघिको इतिहास दोहोर्याउने सोचमा छ।

.gif)


