काठमाडौं - साताको पहिलो दिन आइतबार सेयर बजार खुलेको १ घन्टा १० मिनेटमा बजार ६ प्रतिशतले बढेपछि यो दिनको लागि कारोबार बन्द भएको छ ।

लगातार बजार बढेपछि यो दिनको लागि कारोबार बन्द भएको हो । नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ बिन्दुमा पुगेको रोकिएको छ । कारोबारमा प्राय सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।