काठमाडौं - गोकर्ण–६ माकलवारीमा सोमबार साँझ १८ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आआर क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राई पक्राउ परेका छन् । 

उनलाई महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार बिहान ६ बजे जोरपाटीबाट पक्राउ गरेको हो ।

पीडित किशोरीको किटानी जाहेरीपछि राईलाई पक्राउ गरिएको बौद्द बृत्तका डिएसपी रमेश सिंहले जानकारी दिए ।प्रहरीले युवतीको स्वास्थ्य परिक्षण गर्न परोपकार प्रसुती गृह लगेको छ । देउसी खेल्न बोलाएर राईले बलात्कार गरेको किशोरीले बताएकी छिन् ।