वार्तामा बस्न तयार भयो विप्लव समूह
खबर एक्सप्रेस
२०७६-०३-२७ ११:०० मा प्रकाशित
Total Shares: 827
काठमाडौं – विप्लव समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो ।
नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए ।
यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो’, पत्र पठाएन,’ उनले भने, ‘यसपटक पार्टीले वार्ता बस्ने औपचारिक निर्णय गरेको छ । सरकार पनि इमानदार भएर आउनुपर्छ ।’ यसअघि सो समूहले पक्राउ परेका नेतारकार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नबस्ने भन्दै आएको थियो ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस