काठमाडौं - जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन बिधेयकनै खारेजीको माग गर्दै संशोधन दर्ता गरेकी छिन् ।

गिरीले आज संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा मूल संविधानको धारा ९ को उपधार २ सँग सम्बन्धित अनुसूची ३ को व्यवस्था छ।

यो अनुसूचीमा नेपालको नक्सासम्बन्धी व्यवस्था छ।दफा दुईमा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।विधेयकमाथि मंगलवार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो ।र, त्यसमा जनता समाजवादी पार्टीले समर्थन गरेको थियो ।

विधेयकलाई सांसद गिरीले प्रमाण र तथ्यविनाको दावी गरेकी छिन् ।