गण्डकी प्रदेशमा मन्त्रीलाई जिम्मेवारी, दिपक मनाङेले अझै पाएनन् जिम्मेवारी
काठमाडौं,गण्डकी - गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएकी छन् ।
मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै छन् । विनाविभागीय रहेका मन्त्री हरिशरण आचार्य र (दिपक मनाङे) राजीव गुरुङलाई जिम्मेवारी दिइएको छैन ।
फेसबुक पेज Like गर्नुहोस