विश्वभर कोरोना भाइरसका कारण ४,०२७ जनाको मृत्यु
काठमाडौं - विश्वभर कोरोना भाइरसका कारण ४०२७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमतिहरुको संख्या ११४४१६ पुगेको छ । पछिल्लो समय इटालीमा सबैभन्दा ठुलो समस्या देखिएको छ । इटालीले कोरोना भाइरस फैलिन नदिन पुरै देशलाई नै लकडाउन गरेको छ ।
चीनमा कोरोना भाइरसका कारण ३१३६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ८० हजारभन्दा बढी रहेका छ । इटालीमा ४६३ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ९१७२ पुगेको छ ।
त्यस्तै दक्षिण कोरियामा ५४ जनाको मृत्यु भएको भने संक्रमितहरुको संख्या ७५१३ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार फ्रान्स, स्पेन र जर्मनीमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ ।
यसले विश्वभर विभिन्न विषयमा चरम संकट ल्याउने देखिएको छ । यी तीन देशमा पनि कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ ।
फेसबुक पेज Like गर्नुहोस